अत्यधिक गर्मीको कारण हेटौंडा ४ र ५ का विद्यालय बन्दअत्यधिक गर्मीको कारण 

हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण विद्यालयहरु तीन बन्द गर्ने निर्णय गरेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष सुशिल घिमिरेले सूचना सार्वजनिक गर्दै गर्मीका कारण ३ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत पछिल्लो समय बढेको उच्च गर्मीका कारण वडा भित्रका सामुदायीक र निजि सबै विद्यालयहरु ३ दिनका लागी बन्द गर्ने सूचित गराएका छन् ।
यसअघि मकवानपुरको बकैया गाउँपालिकाले पनि पालिका भित्रका सम्पूर्ण विद्यालयहरु एक साताका लागी बन्द गर्ने निर्णय गरेको थियो ।

शिक्षा समाज