अवैध लागऔषधसहित चार जना पक्राउ

मकवानपुर । नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी र कञ्चनपुर गरी दुई छ्ट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिका–२ बैरीया टोलबाट अवैध लागूऔषध गाँजा ७५० ग्रामसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५३ वर्षीय जुगेश्वर साह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कन्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाटबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम ८४० मिलिग्रामसहित शुक्रबार साँझ तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २५ वर्षीय पदम बहादुर बोहरासहित तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.४ प ३९७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाज