मैनाली समाज नेपाल मकवानपुरको अध्यक्षमा ईश्वर मैनाली

मकवानपुर । मैनाली समाज नेपाल मकवानपुरको अध्यक्षमा ईश्वर मैनाली सर्वसम्मत चयन भएका छन् । समाजको शनिबार भएको सातौं साधारण सभा एवम् चौथो जिल्ला अधिवेशनबाट मैनालीको संयोजकत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै, समाजको उपाध्यक्षमा इवाकर मैनाली, गीता मैनाली, सचिवमा लक्ष्मण मैनाली, सह– सचिवमा मन्जु मैनाली र कोषाध्यक्षमा रोहित राज मैनाली चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः विष्णु मैनाली, शैलेन्द्र मैनाली, सरला मैनाली, राजेन्द्र मैनाली, गोकुल मैनाली, रामदेव मैनाली, उत्तम मैनाली, निर्मला मैनाली, तेजप्रसाद मैनाली चयन भएको निर्वाचन अधिकृत केदारनाथ मैनालीले जानकारी दिए ।

त्यस्तै, कानूनी सल्लाहकारमा राधाकृष्ण (आरके) मैनाली निर्वाचित भएका छन् भने मैनाली समाज नेपालको केन्द्रीय प्रतिनिधिमा रामहरि मैनाली, अमोद मैनाली, भरत मैनाली, कमलराज मैनाली निर्वाचित भएका छन् ।

कार्यक्रममा मैनाली समाज मकवानपुर जिल्लाका ७० वर्ष नाघेका ६ जना वृद्धवृदा, निजी तथा सामुदायिक विद्यालयबाट यसै वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३ जना छात्रछात्रा र सामाजिक संस्थाको नेतृत्व गर्ने ६ जना सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

समाज