विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौं । विवेकशील साझाको प्रवक्तामा केन्द्रीय सदस्य आशुतोष प्रधान नियुक्त भएका छन् । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो ।

विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन । त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन ‘का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्वक सम्पन्न गरिसकेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

विभिन्न सामाजिक–राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खह्रो वकालतकर्ता हुन् । प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन् ।

राजनीति