हेटौंडाको राजपानी पार्कमा बृक्षारोपण

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ राजपानी पार्कमा आज बृक्षारोपण गरिएको छ ।

टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र वडा समन्वय समिति हेटौंडा–८ को संयोजन तथा राजपानी टोल विकास संस्था र कञ्चनजंघा बाल समूहको आयोजनामा पार्कमा विभिन्न जातका २०० वटा बिरुवा पार्कमा रोपिएको हो ।

कार्यक्रममा विभिन्न जातका २०० वटा बिरुवा पार्कमा रोपिएको कार्यक्रम राजपानी टोल विकास संस्थाका अध्यक्ष अर्जुन प्रसाद घिमिरेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको विषेश आतिथ्यतामा भएको कार्यक्रममा नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, सचिव शुशिला मल्ल, सदस्य क्रमशः सुरेश लामिछाने, गोतामे मोक्तान, सुमित्रा पाण्डे, वडा समन्वय समितिका अध्यक्ष विष्णु अर्याल, उपाध्यक्ष गोपिनी खतिवडा, बृक्षारोपण कार्यक्रमका समन्वयकर्ता विपिन घिमिरे तथा गणेश तिमल्सिना लगायत विभिन्न टोल विकास संस्था एवम् बाल समूहका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

राजनीति