प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल

संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजदेखि सदनमा छलफल सुरू हुने सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित‍  ‘आ.व.२०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि बजेटमाथि छलफल सुरू हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राजनीति