मकवानपुरको बागमतीमा सडक निर्माण गर्ने नाममा एक सय वटा हरिया रुख काटियो, के गर्दै छ डिभिजन वन ?

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा रहेको टुडीखेल सामुदायिक वन भएर सडक निर्माण गर्ने नाममा एक सय वटा हरिया रुखहरु काटिएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन् । यस क्षेत्रमा एउटा सडक हुँदा हुँदै पनि जंगलबाट सडक निर्माण गर्ने नाममा हरिया सालका साना र ठुला समेत रुख कटान गरिएको हो ।

बषौदेखि उपभोक्ताहरुले संरक्षण गरेको जंगलका रुखहरु कटान हुँदा उपभोक्ताहरु चिन्तित बनेका छन् । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा जनयुद्ध शहिद मार्ग निर्माण गर्ने नाममा हरिया रुख कटान गरिएको उपभोक्ताहरुको गुनासो छ ।

फराकिलो सडक निर्माण गर्ने क्रममा जंगलबाट परेकाले केही रुखहरु र बोट बिरुवाहरु मात्र मासिएको टुडिखेल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर माझिले बताउनुभयो । जथाभावि रुख कटान गर्ने गरीनै सडक निर्माण भने नगरिएको उहाँले बताउनुभयो । वन ऐन नियम बिपरित रुपमा सरकारी लगानी गरेरनै हरिया रुखहरु कटान गरिएकोमा स्थानीय वासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन् ।

एक सय वटा हरिया रुख कटान हुँदा समेत वन उपभोक्ता समिति, डिभिजन वन कार्यालय हेटौंडाका प्रतिनिधि, बागमती गाउँपालिकाका पदाधिकारीहरुले आँखा चिम्लीएर बसेको स्थानीयको आरोप छ ।

त्यसैगरी यस सामुदायिक उपभोक्ता समितिले भेला पनि नगरेको, वन समितिको रकम अपचालन गरेको आरोप पनि लगाइएको छ । वन समितिका पदाधिकारीहरुको मिलेमतोमा अबैध तरिकाले वन समिति गठन गरेर चलाइएको आरोप उपभोक्ताहरुले लगाएका हुन् । वन समितिका पदाधिकारीहरु मिलेर समितिको खातामा रहेको रकम अपचलन गरेको उपभोक्ताहरुको आरोप छ ।

यता डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिब सापकोटाले भने जंगलका हरिया रुख कटान गरेको आफुलाई जानकारी नआएको बताउनुभयो । सामुदायिक वनको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुस.धान आयोगको कार्यालय र डिभिजन वनले छानविन गरिरहेको बताउनुभयो । तर, सडक निर्माण गर्ने नाममा रुखहरु कटान भएको जाकारीमा नआएको बताउनुभयो ।-janapatra

समाज