हेटौंडा उपमहानगरका १९ वटै वडाका सामुदायिक तथा निजी बिद्यालयहरु ६ दिनका लागि बन्द

हेटौंडा उपमहानगरका १९ वटै वडाका सामुदायिक तथा निजी बिद्यालयहरु ६ दिनका लागि बन्द

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button

हेटौंडा । हेटौंडा उपमहनागरपालिका क्षेत्रका सामुदायिक तथा निजी बिद्यालयहरु आइतबार देखि ६ दिनका लागि बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले भोली देखि ६ दिन सम्मका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

अत्यधिक गर्मीका कारण बिद्यार्थीलाई बिद्यालयमा गएर पढ्नका लागि समस्या भएपछी बिद्यालयहरु बन्द गरिएको उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बताउनुभयो । भोली देखि ६ दिनका लागि बिद्यालय बन्द गरिए पनि पानी परेको दिनबाट फेरी अर्को सूचना निकालेर पठनपाठन सुरु गरिने मेयर लामाले बताउनुभयो ।

हेटौंडाका केही वडा कार्यालयहरु आफैले निर्णय गरेर भोली देखि तीन दिन सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेपनि अब भने उपमहानगरपालिका कार्यालयले ६ दिनका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । पानी परिहालेमा भने बिद्यालयहरु खोलीने तयारी पनि उपमहानगरपालिकाले गरेको छ ।

समाज