भीमफेदी-८ भर्‍याङडाँडामा ट्रक दुर्घटना हुँदा एकजना घाइते

हेटौंडा । कान्ति लोकपथ राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी-८ भर्‍याङडाँडामा ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रक चालक चितवन राप्ति-११ आपपानीका ३६ वर्षीय सोनाम रुम्बा रहेका छन् ।

बारा निजगढबाट काठमाण्डौ जाँदै गरेको प्र.१-०२-००१ ख ८१८३ नम्बरको ६ चक्के ट्रक (इट्टा लोड) आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

समाज