प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध उजुरी

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध उजुरी परेको छ। गलत नियतले आफूलाई मध्यरातमा फोन गरेर भेट्ने प्रस्ताव गरेपछि एक महिला पत्रकारले बस्नेतविरुद्ध उजुरी दिएकी हुन्। 

बस्नेतले मध्यरातमा फोन तथा म्यासेज गरेर भेट्ने प्रस्ताव गरेर आफूमाथि हिंसा गरेको आरोपमा सुरक्षाको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएकी छिन्।

उनले गत १८ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसपछि बस्नेतले उजुरी फिर्ता लिन दबाब दिँदै टेलिफोन गरेपछि उनले सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई सुरक्षाको माग गर्दै उजुरी निवेदन दिएकी हुन्। 

उनले उजुरीमा भनेकी छन्, ‘मैले साइबर ब्यूरोमा उजुरी गरेपश्चात मेरो घरपरिवार, आफन्त, म कार्यरत सञ्चार संस्थाका प्रमुखलगायतसँग फोन गरेर उजुरी फिर्ता लिन दबाब दिने र टर्चर दिने काम गरिरहेकाले मेरो सुरक्षा गरी र निजमाथि हदैसम्मको कारबाहीका लागि माननीय मन्त्रीज्यूलाई निवेदन पेश गर्दछु।’

राजनीति