प्रतिनिधि सभा बैठक आज पनि बस्दै

संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेदेखि बस्ने भएको हो ।

बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल जारी छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधि सभा सदस्यले आ–आफ्नो धारणा, जिज्ञासा र सुझाव राखिसकेका छन् ।

विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् । यद्यपि नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सीमित जिल्लामा केन्द्रित भएको भन्दै पास गर्न नदिने चेतावनी दिँदै आएका छन् ।

राजनीति