राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा आज काठमाडौंडमा विरोध प्रदर्शन गर्ने भएको छ ।

नागरिकता विधेयक, संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर विरोध प्रदर्शन गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

आज दिउँसो २ बजे बबलमहलमा भेला भएर जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री बर्तौलाले बताए ।

कोणसभालाई पार्टी अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

राजनीति