हेटौंडामा पानीको अभाब हुने क्षेत्रमा ट्याङकरबाट पानी बितरण गर्दै खानेपानी बोर्ड

हेटौंडामा पानीको अभाब हुने क्षेत्रमा ट्याङकरबाट पानी बितरण गर्दै खानेपानी बोर्ड

जनपत्र

२७ जेष्ठ २०८०, शनिबार १८:०६

115Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button

हेटौंडा । हेटौंडामा पानीको अभाब हुने क्षेत्रमा ट्याङकरबाट पानी बितरण गरिने भएको छ । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले पानीको अभाब भएका क्षेत्रहरुमा ट्याङकरबाट भएपनि पानीको वितरण गर्ने जनाएको छ ।

लामो समय देखिको खडेरोले गर्दा खानेपानी उत्पादनमा कमि आएकोले पानी वितरण प्रर्याप्त हुन नसकेको हुँदा ट्याङकरबाट समेत आफ्ना उपभोक्ताहरुलाई पानी बितरण गरिने हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले बताउनुभयो ।

सुख्खायामका कारण पानीको मुहान समेत सुक्दै गएकाले उपभोक्ताहरुका धारामा पानी आउन छोडेको गुनासो समेत रहेकाले ट्याङकर मार्फत पानी वितरण गरने उहाँले बताउनुभयो । पानी न्युन आपुर्ति हुने क्षेत्रहरूमा ट्याङकरबाट समेत पानी वितरण भइरहेको उहाँले बताउनुभयो । पानीका लागि खानेपानी बोर्डले खानेपानीका लागि मोवाइल नम्बर ९८५१२६९७० र ९८६८८२८६०३ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

समाचार