मनहरीमा स्यानिटरि प्याड खरिद गर्नुपर्ने रकम शिक्षकको तलबमा खर्च

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले बिद्यालयमा अध्यनरत छात्राहरुका लागि स्यानिटरि प्याड खरिद गर्नुपर्ने रकम शिक्षकको तलबमा खर्च गरेको पाइएको छ ।

गाउँपालिकाले स्यानिटरि प्याड खरिद गरेर सामुदायिक बिद्यालयमा उपलब्ध गराउनुपर्ने नियम भएपनि शिक्षकको तलबमा खर्च गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८–०७९ मा स्यानिटरि प्याड खरिदको रकम शिक्षकको तलमा खर्च गरिएको पाइएको हो । २१ लाख ९१ हजार रुपैयाँको स्यानिटरि प्याड खरिद गर्नुपर्ने रकम शिक्षकको तलबमा खर्च गरिएको महालेखाले जनाएको छ ।

यस्तो छ महालेखाको प्रतिवेदन

यसैगरी मनहरी गाउँपालिकाले खरिद गरेको औषधि खरिदमा निशुल्कको छाप नलगाएको पाइएको छ । महालेखाको टोलिले अनुगमन गर्ने क्रममा गाउँपालिकाले खरिद गरेर निशुल्क रुपमा वितरण गर्ने औषधि निशुल्कको छाप नलगाएको महालेखाले जनाएको छ । १३ लाख २२ हजार रुपैयाँमा खरिद गरेको औषधीमा निशुल्क भनेर छाप नलगाइएको हो ।

यस्तो छ महालेखाको प्रतिवेदन

यसैगरी मनहरी गाउँपालिकाले कृषि औजारका सामान खरिदमा किसानको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशतमा सामान खरिद गर्दा बढी हुन आएको रकम फिर्ता नगरेकाले फिर्ता गर्नका लागि सुझाब दिएको छ । किसानका लागि ८ लाख ६७ हजार रुपैयँ फिर्ता गर्नका लागि महालेखाले सुझाब दिएको छ ।-janapatra

समाचार