मकवानपुरको थाहामा छहराबाट खसेर बर्तौलाको मृत्यु

मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ३ स्थित सोमबार छहराबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, छहराबाट लडेका बर्तौला झाक्रीखोरिया खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

समाज