बागमती प्रदेशको बैठक ३२ गते बस्ने

हेटौंडा । बजेट अधिवेशनको लागि बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते अपराह्न २ बजे बस्ने भएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । असार १ गते हुने बजेट अधिवेशनको विषयमा बैठकमा छलफल हुनेछ ।

प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।

राजनीति