९ स्रष्टालाई लोक तथा दोहोरी गीत प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने भएको छ । कास्कीको मादी गाउँपालिकाको ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् ।

लोक स्रष्टा बमबहादुर कार्की, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, बैठकले प्रतिष्ठानका सल्लाहकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ आयोजना गर्ने निर्णय लिएको छ । उक्त कार्यक्रम आगामी भदौमा गरिने जनाइएको छ । बैठकको निर्णयअनुसार अब हरेक वर्ष एकजना लोक स्रष्टाको सांगीतिक साँझ आयोजना गरिनेछ ।

समाचार