बागमती प्रदेशमा बजेटको अन्तिम तयारी

हेटौंडा । बागमती प्रदेशमा आउँदो असार १ गते प्रदेशसभामा प्रस्तुत हुने बजेटको अन्तिम तयारी भइरहेको छ । प्रदेशका धेरैजसो मन्त्रालयहरुले आफुले पाएको बजेटको सिलिङ अनुसार योजनाको छनोट गरेर पठाइ सकेका छन् ।

अहिले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीहरुलाई बजेटको अन्तिम रुप दिएर किताब छाप्न दिने हतारो छ । रात बिहान नभनीकन बजेट बनाएका मन्त्रालयहरुका कर्मचारीहरु आर्थिक मामिला मन्त्रालयबाट हट्नेहोकी भन्ने चिन्तामा पनि छन् ।

यसैगरी बागमती प्रदेशका सांसदहरुलाई पनि कुनैपनि नाम दिएर बजेट छुट्याउने तयारी गरिएको प्रतक्ष तर्फका सांसदहरुलाई निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा कुनै नाम दिने र समानुपातिक सांसदहरुलाई पनि कुनै नाम दिएर बजेट छुट्याउने तयारी भएको प्रदेश सरकारका उच्चस्तरका कर्मचारीले बताए ।

संघीय सरकारले सांसदलाई बजेट छुट्याएपछी प्रदेशमा पनि सहज भएको र त्यही अनुसार प्रतक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ र समानुपातिक सांसदलाई एक करोड रुपैयाँका दरले बजेट छुट्याउने तयारी रहेको कर्मचारीहरु बताउँछन् ।

बिशेषगरी सांसदहरुले ठुला योजनाहरुको छनोट गर्ने र त्यस अनुसार कार्यान्वयन गर्नका लागि बजेट छुट्याइएको हो । प्रतक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले योजना छनोट गर्ने र स्थानीय तह मार्फत कार्यान्वयन हुनेगरी संघीय सरकारले जसरीनै बागमती प्रदेशमा पनि बजेट छुट्याउन लागिएको हो ।

प्रतक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले कुनैपनि नाम दिएर प्रदेश सरकारले छुट्याएको बजेट सम्वन्धीत क्षेत्रका जिल्ला समन्वय समिति र स्थानीय तहबाट खर्च हुनेगरी गर्न लागिएको छ । यसमा सांसदहरुले योजना छनोट गरेर काम गर्ने छन् । संघीय सरकारले सांसदहरुलाई छुट्याएको बजेट जसरी खर्च हुन्छ त्यसरीनै खर्चगर्नेगरी तयारी गरिएको छ ।

बागमती प्रदेशमा ११ वटा मन्त्रालय मध्य सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट प्राप्त गरेको छ । अरु मन्त्रालयहरुले भने अर्थ मन्त्रालयबाट प्राप्त गरेको बजेट शिलिङ भित्र आफ्ना योजनाहरु पठाए पनि भौतिकमा भने पूर्वाधार निर्माणका धेरै काम हुने पनि भएकाले धेरै बजेट छुट्याइएको हो ।-tukhabar

राजनीति