पब्जी गेम बन्द गर्न सांसदको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न माग गरेका हुन् ।

सांसद चौधरीले भने, ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस् ।

मुख्य समाचार