डाक्टर देखि १४४ कर्मचारी हटाउदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

हेटौँडा  । बागमती प्रदेशको राजधानीमा हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४४ कर्मचारीलाई मदमुक्त गर्दै हटाउने भएको छ ।  प्रतिष्ठानले आर्थिक संकट देखाउदै  डाक्टर सहिका १४४ कर्मचारीलाई हटाउन लागेको हो । प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीको अध्यक्षतामा आइतबार बसेको बैठकले आर्थिक संकट देखाउदै कर्मचारी  कटौती गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारले प्रतिष्ठानका लागी चालु आर्थिक वर्ष २०८०।०८१ का लागि चालु आर्थिक बर्ष भन्दा कम बजेट विनियोजन गरेपछि अभावका कारण देखाउँदै प्रतिष्ठानले कर्मचारी कटौतीको घोषणा गरेको हो । प्रतिष्ठानले आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमै समस्या हुने भएपछि कर्मचारी हटाउँनु परेको दावी गरेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले चालु आर्थिक वर्षमा हेटौंडा अस्पतालका लागी नियुक्त गरिएका मध्ये १४६ जना प्रशासनिक र प्राविधिक कर्मचारी कटौती गर्ने निर्णय भएको जानकारी दिए ।
रजिष्ट्रार प्रसाईका अनुसार कटौती हुने कर्मचारीहरुमा १५ जना एबिबिएस डाक्टर, एक जना आयुर्वेदिक चिकित्सक, १०३ जना नर्स, फार्मेसिष्ट, रेडियोलोजिष्ट, ल्याब टेक्निसियन लगायत प्राविधिक कर्मचारी, २५ जना प्रशासन तर्फ कार्यरत कर्मचारी, त्यसैगरीटेन्डरबाट  अस्पताल सरसफाईमा ३५ र सुरक्षाका लागि खटाइएका २५ गरी ६० जना कर्मचारी रहेको बताए ।हेटौँडा अस्पतालमा कार्यरत ति कर्मचारीका लागि वार्षिक रूपमा १० करोड रुपैयाँ बजेट खर्च हुँदै आएको रजिष्ट्रार प्रसाईँले बताएका छन्। 
यता कर्मचारीको व्यवस्थापनको जिम्मेवारी र कर्मचारीलाई तलब भत्ता वितरणमा नै समस्या हुने भएपछि यहि साउँन १ गतेदेखि लागूहुने गरि करार सम्झौता खारेज गर्नुपरेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमर सिंह अधिकारीले जानकारी दिएका छन् । प्रदेश सरकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको ७ करोड १९ लाख रुपैयाँ बजेट कटौती गरेको अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिष्ठानले मासिक ३ लाख रकम बराबरको घर भाडामा लिएर हाल ब्याचलर अफ पब्लिक हेल्थ, व्याचलर अफ फार्मेसी र व्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा ११० जना विद्यार्थीहरू अध्ययनरत छन् । प्रतिष्ठानले उक्त संकायका २ वटा समेस्टर सञ्चालन गर्दै आएको छ । 
 

मुख्य समाचार