जापानमा कुहिएको अवस्थामा भेटियो नेपाली विद्यार्थीको शव

जापानमा अध्ययनका लागि गएका एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । मृत फेला पर्नेमा रूकुमका ३४ वर्षीय अमृत बुढा रहेका छन् ।

उनी चुकुवा सिटी कानामेमा बस्दै आएका थिए । अध्ययन पूरा गरेर काम गरिरहेका बुढा कोठामै मृत फेला परेका हुन् । केही दिनदेखि उनी काम गर्न नगएपछि कम्पनीले उनको खोजी सुरू गरेको थियो । प्रहरीको सहयोगमा उनको कोठा खोल्दा उनको शव कुहिएको अवस्थामा भेटिएको हो ।

उनको जापानमै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । मृत्युको कारण खुल्न बाँकी छ ।

समाचार