भीमफेदीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । कान्तिलोक पथ अन्तर्गत ममकवानपुरको भीमफेदी-८ गगटेमा कार दुर्घटना हुँदा कारका चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बीएसी ०५३७ नम्बरको कार आफै अनिन्त्रित हुँदा सडकबाट अन्दाजी तीन सय मिटर खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा कार चालक ३० वर्षीय विवेक लामा रहेका छन् ।

कारमा भीमफेदी-५ बस्ने ४५ वर्षीय  राजकुमार बल र चालक लामा सवार थिए । बल कारबाट खसेर दुर्घटनास्थल माथि नै अड्किएका थिए भने लामा कारसँगै तल खोचमा खसेका थिए ।

कारबाट खसेर घाइते भएका बलको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज