हेटौंडाबाट दुई नाबालक पक्राउ

पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट प्रहरीले लागूऔषधसहित दुई जना नाबालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देश भारत मोतिहारी ४ बस्ने अन्दाजी १७ वर्षीय र बारा ईटयाही गाउँपालिका–१२ बस्ने अन्दाजी १४ वर्षीय दुई बालक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकोे छ ।

प्रहरीका अनसार, पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको माईक्रोलाई प्रहरीले चेकजाँच गर्दा अन्दाजी ५÷६ ग्राम खैरो हिरोईन फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ

समाचार