मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङका बाँदर पीडित किसानले प्रदेशसभा घेरे

हेटौँडा । दुई वटा बस रिर्जभ गरेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङबाट बाँदर पीडित किसान तथा आम नागरिकले हेटौँडाको प्रदेशसभा भवनमा प्रर्दशन गरेका छन् ।

करिब १ सय ५० जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दा समेत प्रदेश सरकार गम्भिर नबनेको हेटौँडामा आएर पर्दशन गरेका हुन् ।

धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तराष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिषरमा प्रर्दशन गरेका हुन् । आफुहरुले पटक–पटक आग्रह गर्दा पनि कुनै तहको सरकारले मागलाई नसुनेपछि बाध्य भएर हेटौँडा आएर आन्दोलनमा उत्रनुपरेको उनिहरुको भनाई छ ।

मुख्य समाचार राजनीति