हेटौंडा अस्पतालका लागि ८८ लाख ६० हजार रुपैयाँका सामाग्री हस्तान्तरण

हेटौंडा । रोटरी क्लबअफ मकवानपुरले मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालका लागि बिभीन्न सामाग्र हस्तान्तरण गरेको छ । मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उदेस्यले बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । बिभीन्न सामाग्रीहरु गरेर ८८ लाख ६० हजार ४७२ रुपैयाँका सामान हस्तान्तरण गरिएको हो ।

यसमा हेटौंडा उपमहानगरपालिका सहित बिभीन्न देशमा रहेका रोटरिएनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इको कार्डियो मेशिन हस्तान्तरण गरेको हो । सामाग्री सहयोग गरेपछी अब हेटौंडा अस्पतालमा मुटु सम्वन्धी उपचार गर्नुपर्ने बिरामीका लागि सहज भएको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताउनुभयो । रोटरीले अस्पतालका लागि टीएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

सामाग्री हस्तान्तरण गर्नुअघि पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराइएको थियो । अस्पतालको सेवामा थप टेवा पुर्याउने उदेस्यले सामाग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

समाचार