बागमती प्रदेश सभा : विनियोजित बजेटमाथि संशोधन गर्न माग

मकवानपुर । बागमती प्रदेश सभाका सदस्य एवम् राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को विनियोजित बजेटमाथि संशोधन गर्न माग गरेका छन् ।

बुधबार अपराह्न बसेको प्रदेश सभामामा बोल्दै नेता थापाले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट लक्ष्य बिहीन एवम् जनताप्रति विभेदकारी भएको आरोप लगाउँदै बजेटलाई पुनः संशोधन गर्नुपर्ने माग गरेका हुन् ।

उनले सरकारमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री र मन्त्रीहरुले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको आरोप लगाए ।

बजेटले चुनावी क्षेत्रलाई मात्र होइन, प्रदेशको अन्य जिल्लाका सर्वसाधारणहरुलाई खानेपानी, कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आर्यआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।

साथै उनले जनतालाई सम्मान दृष्टि कोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेश सभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने घोषणा गरे ।

प्रदेश समाचार बागमती प्रदेश