इस्ट जोन कप : उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको बलियो लक्ष्य, नरेन भट्टको शतक

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । नरेन भट्टको शतकमा नेपालले मलेसियालाई बलियो लक्ष्य दिएको हो ।

भट्टले ८९ बलमा १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि हुन् । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।

नेपालका निरजकुमार यादवले ४७ रन जोडे । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् । आज मलेसियालाई हराउन सकेमा नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ ।

यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो । 

खेलकुद