सुनचाँदीको मूल्य बढ्यो

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ