हेटौंडा १५ रातोमाटेबाट अवैध कपडा बरामद

हेटौंडा । प्रहरीले हेटौंडा १५ रातोमाटेबाट अवैध कपडा बरामद गरेको छ ।

वीरगंजबाट पोखरातर्फ जाँदै गरेको प्रदेश -२-०३-००१ ख ६२०५ नम्बरको यात्रु बाहक बसलाई चेक जाँच गर्ने क्रममा बसको अगाडीको क्याबिनमा प्लाष्टिकको झोला भित्र भन्सार छलि लुकाई छिपाई ल्याएको ७० हजार बराबरको अवैध कपडा बरामद भएको बागमी प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बरामद भएको कपडाहरुमा साडी २३ पिस, कुर्था सुरुवाल ३५ पिस, जयपुरी कुर्था ९ पिस र थान कपडा ५ पिस रहेको प्रहरीले जनाएको छ ।

समाचार