१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजा सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले १४४ किलो लागुऔषध गाँजासहित ६ जना र ४७ किलो लागुऔषध गाँजासहित थप ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरिले सबारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

No description available.

चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षाजाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागुऔषध गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला बीरगंज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१४ का ३९ वर्षीय बिनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।

No description available.

त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको कार्कीको भनाइ छ ।-khabarbreak

समाज