हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क अपरेशन शिविर हुने

हेटौंडा । हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क अपरेशन हुने भएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क अपरेशन हुने भएको हो । हेटौंडा अस्पतालमा मंगलबार सरोकारवालाहरूसंगको छलफलमा असार २२ र २३ गते निःशुल्क अपरेशन शिविर हुन लागेको जानकारी दिइएको थियो । यसअघि मकवानपुरका स्थानीय तहमा भएको स्क्रिनिङ शिविरमा फेला परेका अपरेशन गर्नुपर्ने समस्याका महिलाहरूका साथै शिविरमा छुटेका तर अपरेशन गर्नुपर्ने अवस्थाका महिलाहरूको निःशुल्क अपरेशन हुने निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए । उनले समस्या भोगेर बस्नु भन्दा सरकारले उपलब्ध गराएको सुविधा सदुपयोग गर्न सुझाव दिंदै आफ्नो समुदायमा आङ खस्ने समस्या भएका महिला भए शिविरकारे जानकारी गराईदिन जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य, संचारकर्मी, स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतलाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरकीले  पव्लिक हेल्थ नर्सिङ निरीक्षक सिर्जना लिङ्थेपले यसअघि भएका शिविरबाट अपरेशन गर्नुपर्ने ३३ जना महिला पहिचान भएको जानकारी दिईन् । ती मध्ये १२ जना ७० वर्ष माथिका रहेको उनको भनाई छ ।
निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, बरिष्ठ जनस्वास्थ्य प्रशाशक सतिश विष्ट, स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख बसन्त अधिकारी, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा अस्पताल व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी, निजि अस्पतालका प्रतिनिधि, संचारकर्मी, आमा समूहका प्रतिनिधि सुरक्षाकर्मी लगायतले शिविरले महिलाहरू स्वास्थ्य सुधारमा टेवा पुग्ने बताउँदै शिविर प्रभावकारी ढंगले सम्पन्न सबै जुट्नुपर्ने सुझाव दिए ।
 शिविमा आउँदा १ थान नेपाली नागरिकताको फोटोकपी ल्याउन आग्रह गर्दै निर्देशनालयकी परिवार नियोजन अधिकृत दुर्गा बजगाईले शिविरमा आएकाहरूलाई निःशुल्क उपचार, खानाको व्यवस्था र एक हजार रूपैयाँ यातायातको व्यवस्था गरिएको जानकारी दिईन् । 

समाचार स्वास्थ्य