देशभर २७ प्रतिशत रोपाइँ सकियो

देशभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो ।

यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको हो ।

विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको उनले बताए ।

समाचार