फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा हुमागाईँ निर्वाचित

नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद हुमागाईँ निर्वाचित भएका छन् ।

शनिबार भएको संघको नयाँ कार्यसमिति चयन अन्तर्गतको निर्वाचनबाट अध्यक्ष पदमा हुमागाईँ निर्वाचित भएका हुन् ।

हुमागाईँले निकटतम प्रतिस्पर्धी मनु दहाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । हुमागाईँले कुल खसेको ३ सय ७ मतमध्ये १ सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी दहालले ७५ मत प्राप्त गरिन् ।

यस्तै, अध्यक्षकै उम्मेदवार कमलकुमार रौनियारले ३२ मत प्राप्त गर्दा २० मत बदर भएको थियो ।

यस्तै, संघको कोषाध्यक्षमा ऋषि सापकोटाले १ सय ९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि मनोज खुलालले १ सय ९ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा ७ मत बदर भएको निर्वाचन अधिकृत कृष्णप्रसाद संजेलले जानकारी दिए ।

यस्तै, संघको महासचिवमा सन्तोषी बर्तौला यसअघि नै निर्विरोध निर्वाचित भईसकेकी छिन । गत असार १६ र १७ गते भएको संघको १६ औ वार्सिक साधारणसभाबाट संघको उपाध्यक्षहरुमा आशिस रौनियार र बिमल पौडेल, सचिवमा नवराज शर्मा पौडेल र सह–सचीवमा कृष्ण साह कानु निर्विरोध चयन भईसकेका छन् ।

यसैगरी, सदस्यहरुमा राम बहादुर ब्लोन, उमा खुलाल खड्का , क्षेत्रबहादुर खड्का , रेणु महत्तो सुडि,रामशरण बजगाई र आइत सिं घलान सर्वसम्मत चयन भएका छन् ।

समाचार