श्रमिकको न्यूनतम तलब २५ हजार पुर्याउन ट्रेड युनियनको माग

नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियन कांग्रेसले सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै न्यूनतम तलब बढाउन माग गरेको हो ।

असारको पहिलो साता सम्पन्न राष्ट्रिय महाधिवेशनमा उठेको सुझावअनुसार ट्रेड युनियनले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार रुपैयाँ पु¥याउन माग गरेको महासचिव अजयकुमार राईले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशनबाट आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ ।

समाचार