मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो चितवनबाट हेटौंडा आउँदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सडकको पोलमा ठोक्किँदा मोटरसाइकल चालक रामेछापको रामेछाप नगरपालिका ८ घर भई चितवनको खैरेनी ८ बस्ने ५० वर्षीय नरबहादुर थापाको मृत्यु भएको हो ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाज