७ नम्बरको नागस्वती खहरेमा स्ल्याब ढलान

हेटौँडा । बर्खा लाग्नसाथ यातायातनै अवरोध हुनेगरी उर्लिने हेटौँडा–७ नागस्वती खहरेका स्ल्याब ढलान सुरु गरिएको छ । हेटौँडा वडा नम्बर ७ नागस्वतीमा रहेको खहरेमा स्याल्याब ढलान कार्यको सोमबार उदघाटन भएको छ । हेटौँडाका उप–मेयर राजेश बानियाँले उक्त ढलान कार्यको उदघाटन गरको थिए । उदघाटन कार्यक्रममा वडाध्यक्ष दामोदर गौतम, वडासदस्यहरु सन्तुमाया पाख्रिन, राधिका वि क ,श्यामसुन्दर परियार र दिनेश थापामगरको सहित स्थानीय भद्र भलादमीहरुको उपस्थिती रहेको थियो । हेटौँडा उपमहानगर र वडा कार्यालयको बिनियोजीत रकमको उक्त ढलान कार्य भएको जनाइएको छ । ढलान भएसंगै बर्खामा हुने अवरोध हट्ने स्थानीयले बताएका छन् । 

समाज