राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान गर्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्न लागेको हो । असोज ६ गतेबाट हुने १९ औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण खेलका लागि  टोलिमा कप्तान एन्जिला तुम्बाप्पो सुब्बा, गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, डिफेन्डर अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे, मिडफिल्डर  रेनुका नगरकोटे, सरु  लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, फरवार्ड सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी  घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल गरि २३ सदस्य छन् ।

खेलकुद