प्रहरी जवानलाई बाँधेर यातना दिएको घटनाको अनुसन्धान हुने

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्र बाँधेर यातना दिएको घटनाको अनुसन्धान हुने भएको छ । 
महोत्तरीको जलेश्वर नगरपालिका-८ फूलहट्टा घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान हुने भएको हो ।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लागेको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको बताए।
निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डरसमक्ष पुगेका बखत प्रहरी जवान रायलाई गालीगलौज गरेपछि आक्रोशित प्रहरी जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको आरोप छ ।

समाचार