डेङ्गु नियन्त्रणका लागी हेटौंडा २ ले दियो टोलविकासलाई स्प्रेयर

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले डेङ्गु रोग रोकथामका लागि किटनाशक औषधी छर्ने स्प्रेयर वितरण गरेको छ ।
बुधबार वडाभित्रका टोल विकास संस्थाहरुलाई स्प्रेयर वितरण गरिएको वडा सदस्य सुरज बर्तौलाले जानकारी दिए । सदस्य बर्तौलाले वडाभित्रका २० वटा टोल विकास संस्थालाई एक–एक थान स्प्रेयर वितरण गरिएको बताए ।
स्प्रेयर वितरण गर्दै वडाध्यक्ष विष्णु गोपाल महर्जनले डेङ्गु रोग लाग्नबाट वडावासीहरुलाई जोगाउन पूर्वतयारी स्वरुप स्प्रेयर वितरण गरिएको बताए । उनले पानी पर्ने क्रम बढेसँगै डेङ्गुको प्रकोप बढ्ने भएकाले सचेत रहन पनि वडावासीलाई आग्रह गरे ।
वडा सदस्य बर्तौलाले वडाले करिब १ लाख रुपैयाँ बराबरको स्प्रेयर र किटनाशक औषधी वितरण गरिएको जानकारी दिए ।-prastakhabar

समाचार