भानुभक्तको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। उनको जन्मजयन्ति नेपाली भाषा भाषी देश विदेशमा विभिन्न कार्यक्रम गरि मनाइन्छ ।
१८७१ असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको तनहुँको चुँदी रम्घामा भएको थियो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।
भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । 
रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।
उनको निधन १९२५ मा भएको थियो ।

समाचार