क्रिकेट: नेपालले पाकिस्तानसँग खेल्दै

 एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्दै छ । टेस्ट राष्ट्र पाकिस्तानले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।
आजको खेल नेपाली समय अनुसार, बिहान १० बजेर १५ मिनेटमा शुरु हुनेछ ।

खेलकुद