नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायाे

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सँगकाे खेलमा खराब शुरुवात गरेकाे छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेकाे हाे ।

नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएकाे छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।

 पाकिस्तानका शहनवाज दहानीले ४ र माेहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।

खेलकुद