राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको हो ।
यसअघि छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका थिए ।

राजनीति