पहिरो हटाएपछि संचालनमा आयो कान्तिलोकपथ 

हेटौँडा । बिहिबार बिहानदेखी परेको अविरल बर्षका कारण अपरान्हबाट अवरुद्ध बनेको मकवानपुर र ललितपुर हुँदै काठमाडौंबाट जोड्ने कान्तिलोकपथ सुचारु भएको छ । अविरल बर्षका मकवानपुरको बकैया–११ सिमात खोला नजिक सडकखण्डमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले सडक डिभिजन कार्यालयसँग समन्व्य पछि पहिरो हटाएर अवरुद्ध सडक संचालनमा ल्याइएको बताए । 

समाज