हेटौंडा ३ का किसानलाई कृषि उपकरण हस्तान्तरण

हेटौंडा । हेटौंडाको ३ नम्बर वडा कार्यालयले वडाभित्र रहेका कृषक समूहलाई व्यवसायिक कृषि कर्ममा सघाउ पु¥याउने उद्देश्यसहित उपकरणहरु सहयोग गरेको छ । 
कार्यालयले वडामा रहेका ५ वटा कृषक समूहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । 
३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरिएको कृषक समूहलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उक्त कृषि उपकरण हस्तान्तरण गरेका हुन् । 
मेसिन हस्तान्तरण गर्दै मेयर लामाले उपकरणको प्रयोगबाट निर्वाहमुखीलाई छोडेर व्यवसायिक खेती तर्फ लाग्न अनुरोध गरिन् । उपमहानगरपालिकाले किसानका लागि विभिन्न चरणमा लगानी गरिरहेको जानकारी दिँदै व्यवसायिक कृषिका लागि समूह बनाएर काम गरे आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताइन् । 
वडा कार्यालयको बजेटबाट खरिद गरिएको हाते ट्रयाक्टरको प्रतिगोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपैयाँ परेको वडा सचिव महेन्द्र चापागाईले जानकारी दिए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा अध्यक्ष ढलकबहादुर थापा, टोल विकास संस्था वडा समन्वय समिति संयोजक रोशन गोले र वडामा गठन गरिएको ५ वटा कृषक समूहका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती थियो ।

समाज