मकवानपुरगढीका क्यान्सर पीडित दिशुरामको उपचारको लागि सहयोगको अपिल

१ साउन,मक्रान्चुली- रक्त क्यान्सरबाट पीडित मकवानपुरगढी गाउँपालिका वडा नं. ४ का १८ बर्षिय दिशुराम स्याङ्तानको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

सामान्य रोजगारीको शिलशिलामा बीरगञ्जमा कार्यरत बिरामीका पिता दिनेश कुमार स्याङ्तानले छोराको उपचारमा ३० देखि ३५ लाख सम्म लाग्ने अस्पताल प्रशासनले बताएको र आर्थिक अवस्था कमजोर रहेका कारण उक्त रकम आफुले ब्यवस्था गर्न नसक्ने भएपछि सहयोगकालागि सम्पूर्ण आफन्त लगायत सहयोगी मनहरुलाई अनुरोध गर्नुभयो ।

दिशुरामको बिगत १ महिना देखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । हुर्केको छोरालाई रक्त क्यान्सर भएर उपचारमा लाग्नुपर्दा भएको रकमहरु पनि सकिएकोले छोराको उपचारको लागि सहयोग गरिदिन बिरामीको आमा रुपा स्याङतानले सबैलाई अनुरोध गर्नुभएको छ ।

स्याङतानलाई सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभावहरुले दिनेश कुमार स्याङ्तानको सिद्धार्थ बैंकमा रहेका खाता नं. ००२१७५६९३५० मा रकम जम्मा गरिदिनुहुन र थप जानकारी लिन परे बिरामीको बाबुको मोबाइल नम्बर ९८४५७७३९१ मा ह्वाट्सअप गर्न स्थानीय नवराज पख्रिनले अनुरोध गर्नुभयो ।

(माथि उल्लेखित समाचारमा बिरामीको नाम दिरुसम स्याङ्तान र बिरामीको बाबुको सम्पर्क नम्बर ९८४५७७७३९१ हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौं )

मुख्य समाचार समाचार समाज स्थानीय