विपद् व्यवस्थापन तथा प्राथमीक उपचार सम्बन्धि दुई दिने तालिम हेटौँडामा सुरु

हेटौंडा । मकवानपुरको हेटौंडामा २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सुरु भएको छ । नेकपा एमाले निकट विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागको आयोजनामा उक्त तालिम सुरु भएको हो । विभिन्न कारण उत्पन्न हुन सक्ने विपद बाट आम नागरीकलाई जोगाउनका लागी नेकपा एमाले निकट जनवर्गिय संगठनहरुको भुमीका महत्वपुर्ण हुने हुँदा तालिम आवाश्यकता रहेकोले सो कार्यक्रम आयोजना गरीएको विपद् व्यवस्थापन् तथा स्वयम् सेवा विभाग मकवानपुरका प्रमुख शिवहरि दाहालले बताउनु भयो ।

पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरीएको तालिम कार्यक्रमको उद्घाटन गर्दै एमाले पोलिट्व्युरो सदस्य तथा मकवानपुर ईन्चार्ज देवि ज्ञवालीले अव एमाले मकवानपुरले आम नागरीकको समस्यासँग जोडीएर काम गर्ने बताउनु भयो । नेकपा एमाले जनतासँग जोडीएर काम गरीरहेको र अझ यसलाई व्यापक बनाउदै जनताको सारथी बन्ने काममा लाग्नु पर्नेमा उहाँको जोड थियो । यस्तै विपदमा परेका व्यक्तिलाई राहत उद्धार मात्र नभएर तत्कालै प्राथमीक उपचारको लागी जनवर्गीय संगठनहरु तयार हुनु नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनु भयो ।

तालिम कार्यक्रमलाई निकट भविष्यमा नै मकवानपुरका सबै स्थानीय तह सम्म लगिने आयोजकले जनाएको छ ।

नेकपा एमाले निकट सम्पुर्ण जनवर्गिय संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको कार्यक्रम विपद् व्यवस्थापन् तथा स्वयम् सेवा विभाग मकवानपुरका प्रमुख शिवहरि दाहालको अध्यक्षतामा भएको हो ।

मुख्य समाचार राजनीति