क्यान्सर पीडित १८ बर्षीय युवकको उपचारमा सहयोगको अपिल

हेटौँडा । क्यान्सरबाट पीडित मकवानपुरगढी गाउँपालिकाका १८ बर्षीय एक युवकको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर रहेका रक्त क्यानसरबाट पिडित मकवानपुरगढी–४ का १८ बर्षीय दिशुराम स्याङ्तानको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् । स्याङतानको बिगत १ महिना देखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
सामान्य रोजगारीको शिलशिलामा बीरगञ्जका कार्यरत बिरामीका पिता दिनेश कुमार स्याङ्तानले छोराको उपचारमा ३० देखि ३५ लाख सम्म लाग्ने अस्पताल प्रशासनले बताएको र उक्त रकम आफुले ब्यवस्था गर्न नसक्ने भएपछि सहयोगकालागि सम्पूर्ण आफन्त लगायत सहयोगी मनहरुलाई अनुरोध गरेका हुन् । स्याङतानलाई सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभाबहरुले उनका पिता दिनेश कुमार स्याङ्तानले सिद्धार्थ बैंकमा रहेका खाता नम्बर ००२१७५६९३५० मा रकम जम्मा गर्न अनुरोध गरेका हुन् ।

समाचार