हेटौंडा राप्ती खोलामा डुबेर एकजनाको मृत्यु

पौडी खेल्ने क्रममा हेटौंडा-१० स्थित राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । 
साथीहरुसंग पौडी खेल्ने क्रममा नाम थर नखुलेका एक व्यक्तिको ज्यान गएको हो । मंगलवार दिउसो राप्ती खोलामा ३,४ जना युवाहरु समूह पौडी खेली रहेको र एक जना डुवेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगी उद्दार गरी उपचारको लागि हेटौंडा -अस्पताल पठाइएको र उपचारको क्रममा ज्यान गएको जनाइएको छ । प्रहरीले घटनाको आवश्यक अनुसन्धान भइरहेको र सोधपुछका लागि ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

समाचार