९ अंकले बढ्यो नेप्से, तीन अर्ब माथिको कारोबार

 आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि नेप्से बढेको छ । आज नेप्से सूचकांक ९.९१ अंकले बढेर २१५४ विन्दुमा कायम भएको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्तामा खुसि छाएको छ । नेप्सेमा सूचीकृत २५५ कम्पनीहरुको ८६ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ५४ करोड ४८ लाखको कारोबार भएको छ ।

नेप्से सूचकांक बढेसँगै आज ७ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ६ उपसूचकमा रातो पोतिएको छ । आज सर्वाधिक निर्जीवन बीमा उपसूचक १.५५ र उत्पादन तथा प्रशोधन उपसूचक १.३६ प्रतिशतले बढेको छ ।

यस्तै, आज होटल तथा पर्यटन उपसूचक भने सर्वाधिक १।४५ प्रतिशतले घटेको छ ।

अर्थ